बजारमा सामान्य अंकको करेक्सन, नेपाल लाइफको सर्वाधिक सेयर कारोबार

2021-01-19
बजारमा सामान्य अंकको करेक्सन, नेपाल लाइफको सर्वाधिक सेयर कारोबार

काठमाण्डौ । साताको तेस्रो दिन आज जीवन बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह ५३५.६७ अंकले बढ्दै १५६१०.१७ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह भने ओरालो लाग्यो। १२ वटा समूहमध्ये आज यो समूहमा सर्वाधिक गिरावट आयो। यो समूह १२४.८९ अंकले घट्दै १०७५६.१० को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल बने। यो दिन प्रभु लाइफको सेयरमूल्य ९.७९ अंकले बढ्दै प्रतिकित्ता ३५९ रुपैयाँ कायम भयो। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य पनि ९.०९ प्रतिशतले बढ्दै प्रतिकित्ता २६८९ रुपैयाँ कायम भयो। 
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज बजारमा एकल अंकको करेक्सन आएको छ। नेप्से परिसूचक ५.५७ अंकले घट्दै २३२६.९० को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २०६ कम्पनीका १ करोड ६३ लाख ५ हजार १४१ कित्ता सेयर ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८४८ रुपैयाँमा किनबेच भयो। अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकममा बढोत्तरी आएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ३१ करोड बढीको सेयर कारोबार भएको थियो। 

१२ वटा समूहमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज व्यापार समूह ३९.६२ अंकले बढ्यो भने वित्त ३७.२२ र जीवन बीमा समूह ५३५.६७ अंकले बढ्यो। 

बैंकिङ समूह ८.०६ अंकले घटेको आज होटल २६.३८, विकास बैंक २४.९४, हाइड्रो ८.१४, उत्पादन तथा प्रशोधन ३९.१४, अन्य २८.१३, लघुवित्त ११.३ र म्युचुअल फन्ड ०.०३ अंकले ओरालो लागे। 

आज गोर्खाज फाइनान्स प्रोग्रेसिभ फाइनान्स र नेपाल फाइनान्सको सेयरमूल्य सर्वाधिक वृद्धि भयो। यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै पोजेटिभ सक्रिट लाग्यो। यस्तै कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.९५ प्रतिशतले बढ्यो भने नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.८७ प्रतिशतले बढ्यो। 

यस्तै आज सर्पाेट माइक्रोफाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो दिन कम्पनीको सेयरमूल्य ७.७४ प्रतिशतले घट्यो। यस्तै छ्याङदी हाईड्रोको सेयरमूल्य ५ प्रतिशत, गुराँस लघुवित्तको ३.८२, हिमाल दोखला हाईड्रोपावरको ३.८२ र पन्चकन्या माई हाईड्रोपावरको सेयरमूल्य ३.६८ प्रतिशतले घट्यो। 
आज नेपाल लाइफको सार्वधिक सेयर कारोबार भयो। कम्पनीको ९१ करोड ९७ लाख बढीको सेयर कारोबार भयो भने प्रभु बैंकको ३५ करोड ६१ लाख र नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ६२ लाख बढीको सेयर कारोबार भयो।       

 


Share this with your friends: