बजारमा सामान्य अंकको करेक्सन, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-07-26
बजारमा सामान्य अंकको करेक्सन, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ६८.०७ अंकले बढ्दै १७६६१.७७ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १४.९३ अंकले बढ्दै १४४८६.१८ बिन्दुमा पुग्यो। 
 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। आज नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ५.७६ प्रतिशतले बढ्दै प्रतिकित्ता ११३३ रुपैयाँ कायम भयो। 
 
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 
 
बजारमा अरु के–के भयो ?
 
आज नेप्से परिसूचकमा सामान्य गिरावट आयो। परिसूचक ८.२४ अंकले घट्दै ३०५०.४२ अंकले घट्यो। यो दिन बजारमा २२३ कम्पनीका ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर १४ अबए १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँमा किनबेच भयो। 
 
आज १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो। आज हाइड्रोपावर समूहमा सबैभन्दा धेरै वृद्धि भयो। यो समूह १०२.६५ अंकले बढ्यो। त्यस्तै व्यापार समूह ५५.०४, होटल एण्ड टुरिजम १४.१६, वित्त ६५.५३, उत्पादन तथा प्रशोधन ८४.६८ र लघुवित्त समूह ९८.१ अंकले बढ्यो। 
 
विकास बैंक समूहमा आज सबैभन्दा धेरै गिरावट आयो। यो समूह ३४.३८ अंकले घट्यो। बैंकिङ समूह ४३.५ अंकले घटेको आज अन्य १०.५१, म्यूचुअल फन्ड ०.२६ र लगानी समूह ०.१५ अंकले घट्यो। 
 
आज ५ वटा कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको उछाल आयो। आज विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडि हाइड्रोपावर, माउन्टेन हाइड्रो र ग्रिन लाइफ हाइड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्यो। 
 
त्यस्तै आज पोखरा फाइनान्सको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.२० प्रतिशतको गिरावट आयो। 
 
यो दिन ङादी पावर गुप्रको सर्वाधिक कारोबार भयो। आज कम्पनीको ३९ करोड ३० लाख बढीको सेयर कारोबार भयो।  

Share this with your friends: