काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४५२.५९ अंकले घट्दै १५७९३.४७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३८३.७ अंकले घट्दै १२६८०.५६ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ५.५० प्रतिशतले घट्दै प्रतिकित्ता ७३७ रुपैयाँ कायम भयो। त्यस्तै जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ५.२३, सिद्धार्थ इन्स्योरेन्स ५.०४ र प्रभु इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.७१ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
बजारको गिरावटले आज पनि निरन्तरता पायो। परिसूचक ७६.६५ अंकले घट्दै २८१२.३९ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२९ कम्पनीका १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँमा किनबेच भयो।
आज सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक ४१.१४ अंकले घटेको आज व्यापार ११०.१३, होटल एण्ड टुरिजम १२५.८३, विकास बैंक १९७.२२, हाइड्रोपावर १३७.७९, वित्त १३९.४४, उत्पादन तथा प्रशोधन १३७.३९, अन्य ३१.१६, लघुवित्त १७१.७७, म्युचुअल फन्ड ०.२४ र लगानी समूह २.३९ अंकले घट्यो।
आज मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ८.१७ प्रतिशतले घट्यो। त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयरमूल्य ७.१८, आइृसीएफसी फाइनान्स ७.०३ र लिबर्टी इनर्जीको सेयरमूल्य ६.७४ प्रतिशतले घट्यो।
यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ३८ करोड ६० लाख बढीको सेयर कारोबार भयो भने रिडी हाइड्रोपावरको २८ करोड ३८ लाख र अपि पावरको २५ करोड ५८ लाख बढीको सेयर कारोबार भयो।