बजारमा दोहोरो अंकको वृद्धि , बीमातर्फ नेपाल लाइफको सेयरमूल्यमा उछाल

2020-12-13
बजारमा दोहोरो अंकको वृद्धि , बीमातर्फ नेपाल लाइफको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको पहिलो दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा हरियाली छायो। आज जीवन बीमा समूह ५२८.४३ अंकले बढ्दै १२६०८.३० को उचाईमा  पुग्यो। 

आज निर्जीवन बीमा समूह पनि १७४.०५ अंकले बढ्दै ९६४०.२७ को बिन्दुको उचाई हासिल गर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ७.११ अंकले बढ्दै प्रतिकित्ता २०३५ कायम भयो। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल)को सेयरमूल्य पनि ४.९४ अंकले बढ्दै प्रतिकित्ता १९७२ रुपैयाँ कायम भयो। 

यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी आयो। नेप्से परिसूचक ४६.४३ अंकले बढ्दै २०१०.४५ को उचाईमा पुग्यो। यो दिन बजारमा २०३ कम्पनीका ९० लाख ५० हजार ०१६ कित्ता सेयर ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ रुपैयाँमा किनबेच भयो। 

आज तीनवटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ४५.७७ अंकले बढेको आज विकास बैंक ३६.७१, वित्त ७.२२, उत्पादन तथा प्रशोधन २७२.५४, अन्य १५.३, लघुवित्त ५६.२९ र म्युचुअल फन्ड ०.११ अंकले बढे। 

आज व्यापार समूहमा २९.८६ अंकको सर्वाधिक गिरावट आयो। त्यस्तै हाइड्रोपावर र होटलमा क्रमश २८.९५ र ५.६८ अंकको गिरावट आयो। 

आज तीनवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। यो दिन महुली सामुदायिक लघुवित्त, साधना लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज हिमालयन डिस्टिलरीको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढ्यो। 

यो दिन माथिल्लो तामाकोशीको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ। यो कम्पनीको सेयरमूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो।  
 
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ६७ करोड १ लाख रुपैयाँ बढीको कारोबार भयो।

नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ३० करोड ६५ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १८ करोड १७ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको १५ करोड २८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड १० लाख रुपैयाँ, एनटीसीको १४ करोड ३५ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १३ करोड ३६ लाख रुपैयाँ, नबिल बैंकको १२ करोड ६५ लाख रुपैयाँ र प्रभु बैंकको १२ करोड १९ लाख रुपैयाँबराबरको कारोबार भयो।

 


Share this with your friends: