बजारमा दोस्रो दिनपनि दोहोरो अंकको बढोत्तरी, बीमाका लागानीकर्ता मालामाल

2020-12-14
बजारमा दोस्रो दिनपनि दोहोरो अंकको बढोत्तरी, बीमाका लागानीकर्ता मालामाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा उछाल आएको छ । १२ वटा समूहमध्ये आज जीवन बीमा समूहमा सबैभन्दा धेर वृद्धि भयो । जीवन बीमा समूह १०३३.१२ अंकले बढ्दै १३६४१.४२ को उचाईमा पुग्यो । 

निर्जीवन बीमा समूहको परिसूचकमा पनि आज ३७९.१४ अंकको बढोत्तरी आयो । यो बढोत्तरी सँगै निर्जीवन बीमा समूहको परिसूचक १००१९.४२ को उचाईमा पुग्यो । 

आज चारवटा बीमा कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढ्दै पोजेटिभ सक्रिट लाग्यो । यो दिन प्राइम लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ८५८ रुपैयाँ कायम भयो । त्यस्तै नेपाल लाइफको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्दै प्रतिकित्ता २२३८ रुपैयाँ कायम भयो । शिखर इन्स्योरेन्सको सेयरमूल्य ९.९६ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्स ९.७५, नेको इन्स्योरेन्स ८.१०, नेपाल पुनर्बीमा ६.६६, एशियन लाइफ ६.३९ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल)को सेयरमूल्य ५.९८ प्रतिशतले बढे । 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । 

बजारमा अरु के–के भयो ? 

आज पनि नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी आयो । अघिल्लो दिन ४६.४३ अंकले बढेको नेप्से परिसूचक आज ५६.७२ अंकले बढ्दै २०६७.१७ को उचाईमा पुग्यो । यो दिन बजारमा २०२ कम्पनीका १ करोड २८ लाख ८८ हजार ०६६ कित्ता सेयर ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैयाँमा किनबेच भयो । 

आज हाडड्रोपावर बाहेक अन्य सबै समूहमा हरियाली छायो । बैंकिङ समूह २२.१ अंकले बढेको आज व्यापार १६१.७६, होटल ३६.१६, विकास बैंक ५६.५२, वित्त ३.३४, उत्पादन तथा प्रशोधन १०६.०५, अन्य ६३.३९, लघुवित्त १३६.२१ र म्युचुअल फन्ड ०.१५ अंकले बढे । 

आज १४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन प्राइम लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको र ग्लोबल आईएमई लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्वाभिमान लघुवित्त, महुली सामुदायिक लघुवित्त, नेसनल माइक्रोफाइनान्स, शिखर इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, उन्नति सहकार्य लघुवित्त, महिला सहयात्रा लघुवित्त, नेसनल लाइफ इन्स्योरेन्स र एसटीसीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। मिथिला लघुवित्तको सेयरमूल्य ९ प्रतिशतले बढेको यो दिन सूर्योदय लघुवित्त, लक्ष्मी इक्विटी फन्ड, नेको इन्स्योरेन्स र गरिमा विकास बैंकको सेयरमूल्यमा ८ प्रतिशतभन्दा बढीको बढोत्तरी भयो।

आज लिबर्टी इनर्जीको सेयरमूल्यमा सबैभन्दा बढी ६ प्रतिशतको हाराहारीमा गिरावट आयो। 

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ७४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ४६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेसनल लाइफ इन्स्योरेन्सको ४२ करोड १ लाख रुपैयाँ, नबिल बैंकको ३२ करोड ७९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २४ करोड ८० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २२ करोड ३५ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १९ करोड ४५ लाख रुपैयाँ, एनटीसीको १७ करोड ८५ लाख रुपैयाँ, कृषि विकास बैंकको १७ करोड ३४ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १६ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भयो।

 


Share this with your friends: