बजारमा सामान्य अंकको करेक्सन, टर्नओभरमा बीमा कम्पनीको दबदबा

2020-12-15
बजारमा सामान्य अंकको करेक्सन, टर्नओभरमा बीमा कम्पनीको दबदबा

काठमाण्डौ । कारोबारको तेस्रो दिन आज जीवन बीमा समूह वृद्धि भएको छ। आज जीवन बीमा समूह ५१.७६ अंकले बढ्दै १३६९३.२१ बिन्दुको उचाईमा पुग्यो। 
आज निर्जीवन बीमा समूहमा भने गिरावट आएको छ। निर्जीवन बीमा समूह आज ८१.९६ अंकले घट्दै ९९३७.४६ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

त्यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ३.५४ प्रतिशतले घट्दै प्रतिकित्ता १८ सय रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

नेप्से परिसूचकमा आज करेक्सन आएको छ। दुई दिन निरन्तर दोहोरो अंकले बढेको बजारमा आज भने ५.७५ अंकको करेक्सन आएको छ। बजारमा आएको यो करेक्सन सँगै नेप्से परिसूचक २०६१.४१ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २०५ कम्पनीका ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६८७ रुपैयाँमा किनबेच भयो। 

आज ३ वटा समूह बाहेक अन्य सबै समूहमा गिरावट आयो। आज सबैभन्दा धेरै वृद्धि लघुवित्त समूहमा भयो। लघुवित्त समूह ५९.५९ अंकले बढ्यो भने बैंकिङ ०.०८ अंकले बढ्यो। 

आज व्यापार समूह ५४.५६ अंकले घट्यो भने होटल २०.५४, विकास बैंक २४.१४, हाइड्रोपावर १८.५८, वित्त ६.१९, उत्पादन तथा प्रशोधन ११५.१३, अन्य १८.८९ र म्युचुअल फन्ड ०.०७ अंकले घटे।  

आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। उन्नति सहकार्य लघुवत्त, महुली सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र नेसनल माइक्रोफाइनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन सूर्योदय लघुवित्तको सेयरमूल्य पनि ७ प्रतिशत बढीले बढोत्तरी भयो।

आज मल्टीपर्पस फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी ५ प्रतिशतको हाराहारीले घट्यो।

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ५२ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ३६ करोड ८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बैंकको २२ करोड ६३ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २० करोड ४० लाख रुपैयाँ, नबिल बैंकको २० करोड १ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १९ करोड १९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १९ करोड ११ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको १७ करोड २० लाख रुपैयाँ, एनटीसीको १६ करोड ५२ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १५ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भयो।

 


Share this with your friends: