काठमाण्डौ । साताको चौथो कारोबार दिन आज जीवन बीमा समूह वृद्धि भएको छ भने निर्जीवन बीमा समूहमा गिरावट आएको छ । आज जीवन बीमा समूह ३९४.०७ अंकले बढ्दै १४१३६.०५ को उचाईमा पुग्यो । आज निर्जीवन बीमा समूह भने ५३.०५ अंकले ओरालो लाग्दै ९६८३.४३ मा सीमित बन्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ३ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे । आज नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७.२० प्रतिशत, नेपाल लाइफ ३.९१ र एशियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य २.५४ प्रतिशतले बढ्यो ।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा एकल अंकको सामान्य वृद्धि भयो । नेप्से परिसूचक ७.०४ अंकले बढ्दै २०६८.४५ को उचाईमा पुग्यो । यो दिन बजारमा २०३ कम्पनीका १ करोड १५ लाख ५८ हजार ९९१ कित्ता सेयर ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २१५ रुपैयाँमा किनबेच भयो ।
आज ३ वटा समूह बाहेक अन्य सबै समूहमा गिरावट आयो । आज बैंकिङ समूह १.५८ र म्युचुअल फन्ड ०.६२ अंकले घटे ।
आज सबैभन्दा धेरै गिरावट अन्य समूहमा आयो । अन्य समूह २.२१ प्रतिशत अर्थात ३६.३४ अंकले घट्यो भने व्यापार १०.८२, होटल १८.३, विकास बैंक १७.७६, हाइड्रोपावर २२.०७, वित्त ६.६३, उत्पादन तथा प्रशोधन २४.६५ र लघुवित्त ३०.९२ अंकले घटे ।
आज दुईवटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। नबिल बैंक र समृद्धि फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।
आज दुई कम्पनीका सेयरधनीहरुले धेरै गुमाएका छन्। नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदी–मर्दीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लाग्यो।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल लाइफ इन्स्योरेन्सको ४५ करोड ५१ लाख रुपैयाँको बारो भएको आज एनआईसी एसिया बैंकको ३३ करोड ३ लाख रुपैयाँ, नबिल बैंकको २७ करोड ९१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ३६ लाख रुपैयाँ, एनसीसी बैंकको २३ करोड २४ लाख रुपैयाँ, प्रभु बैंकको २२ करोड ६८ लाख रुपैयाँ, मेगा बैंकको १९ करोड ११ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १६ करोड ८२ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १४ करोड ९३ लाख रुपैयाँबराबरको कारोबार भयो।