काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहमा उछाल आएको छ । १२ वटा समूहमध्ये आज निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै उछाल आयो । आज यो समूह ६२६.२ अंकले बढ्दै १३०४८.९९ को उचाईमा पुग्यो । आज अर्काे बीमा समूह जीवन बीमा समूह पनि ५९४.२ अंकले बढ्दै १८३३५.८० को उचाईमा पुग्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ६ वटा बीमा कम्पनीले आफ्नो स्थान बनाउन सफल भए । आज प्रभु लाइफ र युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढ्दै पोजेटिभ सक्रिट लाग्यो । यो बढोत्तरीसँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता क्रमश ९२४ र ६९३ रुपैयाँ कायम भयो । यस्तै आज अजोड इन्स्योरेन्स र रिलायन्स लाइफको सेयरमूल्य समान ९.९० प्रतिशत, सानिमा जनरल ९.८७ र जनरल इन्स्योरेन्सको सेयरमूल्य ९.८६ प्रतिशतले बढ्यो । आज प्रुडेन्सियल इन्स्योरेनसको सेयरमूल्य ९.७१ प्रतिशत, नेपाल इन्स्योरेन्स ९.५३, एभरेष्ट इन्स्योरेन्स ९.४०, लुम्बिनी जनरल ९.२८, हिमालयन जनरल ७.९५, एनएलजी इन्स्योरेन्स ७.२४, एशियन लाइफ ६.९६, प्रभु इन्स्योरेन्स ६.४१, सिद्धार्थ इन्स्योरेन्स ६.११ र प्राइम लाइफको सेयरमूल्य ५.८९ प्रतिशतले बढ्यो ।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन् ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक ६५.४९ अंकले बढ्दै २४७३.७३ को बिन्दुमा पुग्यो । आज बजारमा २ सय कम्पनीका १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता सेयर ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ रुपैयाँमा कारोबार भयो ।
आज होटल समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो । बैंकिङ समूह ३३.७१ अंकले बढेको आज व्यापार ३३, विकास बैंक २८.३८, हाइड्रो ३३.९४, वित्त १.४४, उत्पादन तथा प्रशोधन ६१.२९, अन्य ८०.०२, लघुवित्त १५२.१२ र म्युचुअल फन्ड ०.०३ अंकले बढे ।
आज गिरावट आउने एउटा मात्रै समूहको रुपमा रहेको होटल समूह भने ६२.०८ अंकले घट्यो ।
यो प्रभु लाइफ इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत तथा जनउत्थान सामुदायिक लघुवित्त, सर्पोट माइक्रोफाइनान्स, गुराँस लघुवित्त, अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, माउन्टेन इनर्जी, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र मल्टीपर्पस फिनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सकारात्मक सर्किट लागेको हो। आज ग्लोबल आईएमई बैंक, एभरेस्ट इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भएका छन्।
आज ओरेन्टियल होटेलका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५८ करोड ८७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ग्लोबल आईएमई बैंकको ५३ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको ३८ करोड ४८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ३५ करोड ५० लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २६ करोड ३१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २५ करोड ६६ लाख रुपैयाँ, नेको इन्सुरेन्सको २२ करोड ७० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १६ करोड ७४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १४ करोड ३९ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको १३ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।