बरुण हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

2021-08-08
बरुण हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। 

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता–पत्रमा बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंकको पूर्णस्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो।


Share this with your friends: