काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।
आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालमा रहेको कार्यालयमा सम्पन्न भएको हो।
कम्पनीले गत चैत १६ गतेदेखि चैत २१ गतेसम्म आम सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १८ लाख २ ७ हजार ९७० कित्ताआईपीओ निष्कासन गरेको थियो। निष्कासन गरिएको कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
क्यापिटलका अनुसार यो आईपीओमा कुल २१ लाख ७१ हजार ७४० आवेदकबाट २ करोड ४४ लाख ७१० कित्ताका लागि खरिद आवेदन परेको थियो । कुल आवेदकमध्ये २१ लाख ६८ हजार १०० आवेदक मात्रै सदर भएको छ। बाँकी ३ हजार ६४० आवेदन बदर भएको छ।
यो आईपीओमा १ लाख ६६ हजार ३४५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यीमध्ये २० कित्ताभन्दा बढी सेयर माग गर्ने ३ आवेदकले थप १–१ कित्ता सेयर पाएका छन्।