काठमाण्डौ । बिओके क्यापिटल मार्केट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैटौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज २० गते बुधबारका दिन काठमाण्डौ नक्सालमा रहेको कम्पनीको कार्यालयमा दिउँसो ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरिएको १८ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सेमत पारित गरिनेछ ।