काठमाण्डौ । बीओके क्यापिटलले वार्षिक साधारण सभा डाकेको छ। क्यापिटलले आफ्नो पाँचौ वार्षिक साधारण सभा आगामी मंसिर ५ गतेका लागि डाकेको हो।
क्यापिटलको मुख्य कार्यालय कमलादीमा दिउँसो १ बजे सुचारु हुने उक्त सभामा क्यापिटलले ४.५ प्रतिशत नगद लाभांस वितरणको विशेष प्रस्ताव पेश गर्नेछ। नगद लाभांस प्रयोजनका लागि कम्पनीले ९५ लाख ५० हजार रुपैयाँ छुट्याएको छ। साधारण सभामा गत आर्थिक वर्ष अर्थात २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल प्रस्ताव गरिने कम्पनीले जनाएको छ।
यसका साथै उक्त सभामा चालु आ.व २०७७/७८ का लागि लेखापरीक्षक नियुक्तिका साथै पारिश्रमिक निर्धारण पनि गरिनेछ।