बीमामा करेक्सन आएको आज सेयर बजारमा रेकर्डै-रेकर्ड

2020-11-26
बीमामा करेक्सन आएको आज सेयर बजारमा रेकर्डै-रेकर्ड

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुमा करेक्सन आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा आयो। आज यो समूह १६५.०१ अंकले घट्दै ९७२०.७० को बिन्दुमा सीमित बन्यो। 

जीवन बीमा समूह पनि आज १३४.३२ अंकले ओरालो लाग्यो। यो गिरावट सँगै जीवन बीमा समूह आज १०९७०.२८ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा नेपाल पुबर्नीमा कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ५.१० प्रतिशतले बढ्दै प्रतिकित्ता १३ सय ३९ रुपैयाँ कायम भयो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक अहिले सम्मकै उच्च बिन्दुमा पुग्न सफल बन्यो। यसअघि २०७३ साउन १२ गतेको उच्च बिन्दुको १८८१.४५ को रेकर्ड ब्रेक गर्दै नेप्सेले नयाँ उचाई हासिल गरेको हो। आज नेप्से परिसूचक १८.४३ अंकले बढ्दै १८९३.२४ को रेकर्डतोड बिन्दुमा पुग्न सफल बन्यो। यो दिन बजारमा २०१ कम्पनीका १ करोड ७१ लाख ८८ हजार ०९९ कित्ता सेयर ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ०९१ रुपैयाँमा किनबेच भयो। आज कारोबार रकमको आधारमा पनि नेप्सेले नयाँ किर्तिमान बनाएको छ। आज कारोबार भएको रकम अहिले सम्मकै सबैभन्दा उच्च हो। 

यो दिन ५ वटा समूहमा मात्रै हरियाली छायो। आज सबैभन्दा धेरै वृद्धि बैंकिङ समूहमा देखियो। बैंकिङ समूह ३७.७९ बढ्यो भने हाइड्रोपावर ६.८२, उत्पादन तथा प्रशोधन ०.०९, अन्य १५.३६ र म्युचुअल फन्ड ०.०७ अंकले बढे। 

त्यस्तै आज व्यापार समूह १३०.६६, होटेल ४३.६५, विकास बैंक ८.३५, वित्त ५.८७ र लघुवित्त १६.६५ अंकले ओरालो लागे। 

आज ४ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिक सर्किट लागेको छ। यो दिन एनएमबी लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो भने पाँचथर पावर कम्पनी, हिमालयन ऊर्जा विकास र आँखुखोला जलविद्युतका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा उछाल आएको छ। आज नबिल बैंकका सेयरधनीहरु मालामाल भएका छन्। यो बैंकको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा बढ्यो।

यो दिन साल्ट ट्रेडिङ कर्पोरेसन ९एसटीसी० का सेयरधनीहरु धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढीले घटेको छ। आज ङदी ग्रुप पावर र बोटलर्स नेपाल ९तराई० को सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा र सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बढीले घट्यो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५८ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३८ करोड ३४ लाख रुपैयाँको कारोबार भएको आज शिवम सिमेन्ट्सको २८ करोड ९१ लाख रुपैयाँ, नेपाल टेलिकमको २८ करोड २७ लाख रुपैयाँ, नेपाल बैंकको २५ करोड ५१ लाख रुपैयाँ, प्रभु बैंकको २२ करोड ७४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २२ करोड १२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ८७ लाख रुपैयाँ, कुमारी बैंकको १७ करोड ६३ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको १७ करोड १९ लाख रुपैयाँबराबरको कारोबार भयो।

 


Share this with your friends: