बीमा समितिका अध्यक्ष चापागाईको कार्यकाल आजदेखि समाप्त

2021-01-07
बीमा समितिका अध्यक्ष चापागाईको कार्यकाल आजदेखि समाप्त

काठमाण्डौ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको ४ वर्षे कार्यकाल आजबाट सकिएको छ। वि.स २०७३ पुस २४ गतेबाट अध्यक्ष पदको जिम्मेवारी सम्हालेका चापागाईको कार्यकाल आजदेखि सकिएको हो। 

बीमा समितिको कार्यकारी अध्यक्ष मन्त्रिपरिषदबाट नियुक्त हुने व्यवस्था अनुरुप चापागाइलार्ई वि.स २०७३ पुस १४ गतेको मन्त्रिपरिषदको बैठकले बीमा समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। बीमा समितिमा नियुक्त हुनु अघि उनी नेपाल राष्ट्र बैङ्कको पोखरा शाखाका निर्देशकको रुपमा कार्यरत थिए। 
अध्यक्ष पदबाट बिदा हुन लागेपछि चापागाई गत पुस १४ गतेदेखि नै
बिदामा बसेका थिए। 

चापागाईको पदावधि सकिएसँगै समितिको नयाँ अध्यक्ष बन्ने दौडले तीव्रता पाएको छ। नयाँ अध्यक्षका लागि आर्धा दर्जन आकांक्षीको नाम अगाडी आएको छ र उनीहरुले यसका लागि आफ्नो सक्रियता बढाएका छन्।  

 


Share this with your friends: