बीमा प्रिमियम ३२.२%ले वृद्धि, बीमाको दायरमा आएको जनसंख्या २५.२% पुग्यो

2021-03-18
बीमा प्रिमियम ३२.२%ले वृद्धि, बीमाको दायरमा आएको जनसंख्या २५.२% पुग्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको माघ महिनासम्ममा बीमा प्रिमियम रकम ३२.२ प्रतिशतले वृद्धि भएको छ।

अर्थमन्त्रालय अन्तर्गतको आर्थिक नीति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुेटिनका अनुसार चालु आ.वको माघ महिनासम्ममा बीमा प्रिमियम रकम ३२.२ प्रतिशतले वृद्धि भएर ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा ६९ अर्ब ९२ करोड रुपैयाँमा सीमित थियो। 

यस्तै चालु आ.वको माघ महिनासम्ममा कुल बीमालेखको संख्या ७२ लाख ४३ हजार ५ सय पुगेको छ। यो संख्या अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९.३ प्रतिशतले बढी हो। 

बुलेटिनका अनुसार २२.८ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन्। वैदेशिक रोजगार बीमालेख समेत समावेश गर्दा बीमाको दायरामा आएको जनसंख्या २५.२ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्म यस्तो जनसंख्या क्रमशः२०.९ र २३.८ प्रतिशत रहेको थियो। 

 


Share this with your friends: