काठमाण्डौ । नियामक निकाय बीमा समितिले एकल बीमा पोलिसीलाई तीन वर्षसम्म सरेन्डर नगर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसका साथै समितिले तीन वर्ष पुरा भएपछि मात्रै बीमालेख धितोमा राखेर कर्जा प्रदान गर्ने व्यवस्था गर्न सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
बीमा समितिले परिपत्र जारी गर्दै एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी भएका बीमा लेखहरु अन्तर्गत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपश्चात मात्र समर्पण मूल्य तथा बीमालेख धितोमा बर्जा प्रदान गर्ने व्यवस्था गर्न सबै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
जीवन बीमा कम्पनीहरुले एकल बीमा पोलिसीलाई आफ्नो व्यवसायको आकार बढी देखाउनका लागि हतियारको रुपमा प्रयोग गर्न थालेपछि यसलाई नियन्त्रण गर्न समितिले नयाँ निर्देशन जारी गरेको हो ।