काठमाण्डौ । बीमा समितिले आईटी अडिट प्रस्तुत गर्ने समयावधि थप गरेको छ। समितिले आईटी अडिट प्रस्तुत गर्नका लागि वैशाख मसान्तसम्मको समय थप गरेको हो।
अधिकांस बीमा कम्पनीहरुले यसअघि दिइएको समयमा आईटी अडिट बुझाउन नसकेपनि समितिले समयावधि थप गरेको जनाएको छ। बीमा कम्पनीहरुले यसअघि बीमा समितिले चैत मसान्तसम्म आईटी अडिट प्रस्तुत गर्न निर्देशन दिएको थियो। यो अवधिमा अधिकांस बीमा कम्पनीहरुले आईटी अडिट बुझाएका छैनन्।
बीमा समितिले चैत मसान्तसम्म आईटी अडिट प्रस्तुत गर्न निर्देशन दिएकोमा अहिलेसम्म २० वटा कम्पनीहरुले मात्रै आईटी अडिट बुझाएका छन्। हाल नेपालमा २० वटा निर्जीवन बीमा, १९ वटा जीवन बीमा र १ पुनर्बीमा कम्पनी गरी ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन्।
बीमा समितिले २०७६ चैत ११ गते जारी गरेको सूचना प्रविधि मार्गदर्शन २०७६ मा पुस मसान्तभित्रमा अनिवार्य आइटी अडिट गर्नुपर्ने व्यवस्था गरेको छ । समितिले कोरोना महामारीको कारण चैत मसान्तसम्म समयावधि थप गरिए पनि आईटी अडिट हुन नसकेपछि पुनः म्याद थप गरेको हो ।