बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने, सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान

2021-05-11
बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने, सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान

काठमाण्डौ । बीमा समितिले मद्दती निक्षेपमा लगानी गर्ने भएको छ। समितिले आफुसँग भएको बैंक तथा नगद मौज्दात लगानी निती अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो। 

यसका लागि समितिले सिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक बैंकहरुले आफुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी समितिले उल्लेख गरेको विवरणहरु खुल्ने गरी ७ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ। 

इच्छुक बैंकहरुले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सान, बैंककको निष्क्रीय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पूँजी प्रर्याप्तता कोष जस्ता विवरणहरु खुल्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ।   

 


Share this with your friends: