बीमा समितिद्वारा शाखा कार्यालयहरु बन्द गर्न निर्देशन, केन्द्रिय कार्यालयले १० जना कर्मचारीसहित सेवा प्रदान गर्नुपर्ने

2021-05-12
बीमा समितिद्वारा शाखा कार्यालयहरु बन्द गर्न निर्देशन, केन्द्रिय कार्यालयले १० जना कर्मचारीसहित सेवा प्रदान गर्नुपर्ने

काठमाण्डौ । बीमा समितिले शाखा कार्यालयहरु बन्द गर्न सम्पूर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले जेठ १३ गतेसम्म सबै शाखा कार्यालयहरु बन्द गरी केन्द्रिय कार्यालयमात्रै खुला राख्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । 

यो अवधिमा बीमा कम्पनीहरुले १० जना कर्मचारी राखि केन्द्रिय कार्यालयबाट सेवा प्रदान गर्नुपर्नेछ । यसका साथै शाखा कार्यालयहरुबाट हुने काम पनि केन्द्रिय कार्यालयबाट गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ । 

यातायात सहजताका लागि समितिले बीमा कम्पनीहरुका लागि पहेलो रंगको सवारी पास उपलब्ध गराउने छ । 

काठमाण्डौ उपत्यका बाहिरका शाखा कार्यालयहरुको सञ्चालनका लागि भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुसँग समन्वय गरेर सेवा प्रवाह गर्न समितिले निर्देशन दिएको छ । 

जीवन बीमा कम्पनीहरुले बीमाशुल्क संकलन गर्न नसक्ने भएमा निषेधाज्ञा समाप्त भएको १५ दिनसम्म ब्याज नलिई बीमाशुल्क संकलन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । निषेधाज्ञा अवधिभित्र समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोध विधुतीय माध्यमबाट निवेदन प्राप्त को आधारमा समेत बीमालेख नवीकरण हुने व्यवस्था मिलाउनु पर्नेछ।

जीवन बीमकले अवधि समाप्ति पछिको बीमा रकम विद्युतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बीमितले विद्युतिय माध्यममार्फत निवेदन दिएमा एथेष्ठ प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशिघ्र दाबी भुक्तानी गर्नु पर्नेछ ।

 


Share this with your friends: