काठमाडौं । नेपाल सरकारले बीमा सेवा लगायतका २५ सेवामा हड्ताल गर्न निषेध गरेको छ । गृह मन्त्रालयले आवश्यक सेवा सञ्चाल ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी बीमा सेवा लगायतका २५ सेवामा हड्ताल गर्न रोक लगाएको हो ।
बीमा सँगै बैंक वित्तीय क्षेत्र इन्टरनेट सेवा प्रदायक लगायत, डाँक, तार वा टेलिफोन सेवा, जल स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायार सेवा, हवाईअठ्ठ वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने काम सँग सम्बन्धित सेवा लगायतका क्षेत्रमा सरकारले हड्ताल तथा अवरुद्ध गर्न नपाइने व्यवस्था गरेको छ ।