काठमाण्डौ । नियामक निकाय बीमा समितिले जीवन बीमा सम्बन्धि निर्देशिका २०७८ जारी गरेको छ । समितिले बीमालेख स्विकृती प्रक्रियालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपता कायम गर्न आवश्यक भएकाले २०४९ को दफा ८ को खण्ड(घ२)ले दिएको अधिकार प्योग गरी‘जीवन बीमालेख सम्बन्धि निर्देशिका २०७८’ जारी गरेको जनाएको छ ।
निर्देशिका अनुसार जीवन बीमा कम्पनीहरुले बीमालेख तयार गुर्नअघि बजार अनुसन्धान प्रतिवेदन, लागत–लाभ विश्लेषण, जोखिमको पहिचान आकलन तथा न्यूनिकरण सम्बन्धि योजना, तीन वर्षको वित्तीय प्रक्ष्येपण जस्ता कागजात तयार पार्नुपर्ने छ । बीमा समितिले आवश्यक ठाने यस्ता कागजात माग गर्न सक्नेछ ।
यस्ता कागजातको आधारमा प्रस्तावित बीमालेख तयार गर्न उपयुक्त देखिएको खण्डमा बीमांकीबाट अनुसूची १ को ढाचाँमा बीमालेखको प्राविधिक टिप्णाी तयार गर्नुपर्नेछ ।
बीमकहरुले विभिन्न प्रकारका बीमालेखहरु तयार गर्न सक्नेछन् । यस्तो बीमालेखको प्रस्तावित नाम बजारमा प्रचलनमा रहेका बीमालेखहरुभन्दा फरक हुनुपर्ने र नेपालको परिवेश सुहााउदो बीमालेख तयार गर्नुपर्ने बीमा समितिले जनाएको छ ।
बीमकले बचत प्रकृतिका तथा पेन्सन÷एन्युटी प्रकृतिका बीमालेख तयार गर्दा अनिवार्य रुपमा मृत्य जोेखिम समेत बहन हुनेगरी तयार गर्नुपर्नेछ । बीमालेख नेपाली र अंग्रेजी दुवै भाषामा तयार गर्नुपर्नेछ । नेपाली र अंग्रेजी भाषामा तयार पारिएको बीमालेखमा विवाद सिर्जना भएमा नेपाली भाषामा तयार पारिएको बीमालेखलाई मान्यता दिईन बीमा समितिले उल्लेख गरेको छ ।
बीमकले बीमालेखको बीमांक रकम निर्धारण गर्दा बीमा गर्न चाहने व्यक्तिको आर्थिक क्षमता र पुनर्बीमाको प्रयाप्ताको आधार तयार गर्नुपर्नेछ ।
घुबीमाको हकमा भने लघुबीमा निर्देशिका बमोजिम हुने समितिले जनाएको छ । बीमकले बीमालेख तयार गर्दा न्यूनतम बीमा अवधि ५ वर्ष कायम गरी तयार गर्नुपर्नेछ र म्यादी जीवन बीमाको हकमा न्यूनतम बीमा अवधि एक वर्ष कायम गर्न सकिने बीमा समितिले जनाएको छ । एक वर्षभन्दा कम अवधिका लागि म्यादी जीवन बीमा ल्याउनुपर्ने भएमा समितिसमक्ष कारण खुलाई स्वीकृतीका लागि पेश गर्नुपर्नेछ ।
बीमकले बीमालेखमा कुनै पूरक करार संलग्न गर्नुपरेमा बीमालेख तयार गर्ने अनुसार नै पूरक करार तयार गरी स्वीकृतीका लागि पेश गर्नुपर्नेछ । यस्तो पूरक करारा बीमकले छुट्टै बिक्री गर्न भने पाउने छैन । बीमालेख रद्द भएमा पूरक करा पनि स्वत रद्द हुने व्यवस्था गरिएको छ । पूरक करारको बीमा अवधि बीमाशुल्क रकम र बीमांक रकम पूरक करारको प्रकृति अनुसार बीमांकीले निर्धारण गरेबमोजिम हुनेछ ।
पूरक करारहरुको अधिकतम बीमांक रकम बीमालेखको बीमांक सरह कायम गर्नुपर्नेछ । बीमितको दुर्घटनाबाट मृत्यु भएमा थप रकम दिन पूरक करार तथा घातक रोग सम्बन्धि पूरक करारको अधिकतम बीमांक रकम १ करोड सम्म मात्रै कायम गर्नुपर्नेछ ।
बीमकले बीमालेख अन्तर्गत ती वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ भएको तीन वर्ष पूरा भएपश्चात तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा सुरु भएको तीन वर्ष पूरा भएपश्चात बीमालेख समर्पण(सरेन्डर)तथा बीमालेख धितो राखि ऋण प्दान गर्न सक्ने बीमा समितिले जनाएको छ ।
यस्तै व्यतित बीमालेख पूर्नजागरण गर्न बीमितले बीमाका लागि योग्य भएको सन्तोषजनक प्रमाण पेश गरी तिर्न बाँकी सबै बीमाशुल्क ब्याजसहित भुक्तानी गरी अनिवार्य मेडिकल अन्डरराइटिङ गर्नुपर्नेछ । बीमितले बीामालेख लिएको पाचँ वर्षसम्ममा पनि पुर्नजागरण नगरेमा बीमकले बीमितलाई नयाँ बीमालेख जारी गर्न पाउने छैन ।
बीमकले बीमालेख स्वीकृत भएको बढीमा ६ महिनाभित्र प्रचलनमा ल्याउनुपर्नेछ ।
यसैगरी बीमकले बीमा लेखको विज्ञापन गर्दा दोहोरो अर्थ लाग्ने वा अस्पष्ट शब्द प्रयोग री विज्ञापन गर्न पाउने छैन । बीमतिले स्वीकृत बीमालेख सम्बन्धि सम्पूर्ण विवरण आफ्नो वेभसाइटमा राख्नुपर्नेछ ।
बीमकले भ्रममा पारी बीमितलाई बीमालेख बिक्री गर्न पाउने छैन । समितिबाट कुनै पनि बीमालेख सम्बन्धि भएको पत्राचारलाई बीमकले जारी भएको मितिले ६महिनासम्म कुनै प्रतिक्रिया नजनाएमा उक्त बीमालेख सम्बन्धि आवेदन तामेलीमा राखिने बीमा निर्देशिकामा उल्लेख गरिएको छ । उक्त बीमालेख पुनःस्वीकृतीका लागि पेश गर्नुपरेमा नयाँ बीमालेख स्वीकृतिका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्नेछ र समितिले मागेका कागजात ३० दिनभित्र पेश गर्नुपर्नेछ ।
बीमकले स्वीकृत बीमालेख औपचारिक रुममा बन्द गर्न चाहेमा कारण सहित समितिमा लिखित जानकारी गराउनुपर्नेृछ । प्रचलनमा रहेका कुनै पनि बीमालेखमा प्राविधिक त्रुटी पाइएमा आवश्यकता अनुसार बीमालेख प्रचलनमा ल्याउन समितिले बन्द गारनउ सक्नेछ ।
बीमकले ५ लाख भन्दा बढी वार्षिक वा एकल बीमा जारी गर्ने गरी बीमालेख बिक्री गर्दा बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दनीको स्रोत खुलेको कागजात अनिवाषर्् लिनुपर्नेछ । बीमा समितिले प्रत्येक बीमकको स्वीकृत बीमालेखहरुको पहिचान कोड तोक्ने छ र पहिचान कोड नभएका बीमालेखहरु बिक्री वितरण गर्न पाउने छैन ।