बीमा समितिद्वारा सरकारी दायित्व अन्तर्गतको रु.९.३२ अर्ब भुक्तानी गर्न अर्थ मन्त्रालयलाई पत्र

2021-08-03
बीमा समितिद्वारा सरकारी दायित्व अन्तर्गतको रु.९.३२ अर्ब भुक्तानी गर्न अर्थ मन्त्रालयलाई पत्र

काठमाण्डौ । बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीको रकम निकासाका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको छ । समितिले नेपाल सरकारले तिर्नुपर्ने ९ अर्ब ६२ करोड रुपैयाँका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको हो । 

कोरोना बीमा अन्तर्गत कोरोना बीमा पुलबाट कुल ३ अर्ब ५० करोड रुपैयाँ दावी भुक्तानी तिर्ने र सो भन्दा बढी दायित्व सृजना भएमा नेपाल सरकारले व्यहोर्ने व्यवस्था गरिएको थियो । सोहि व्यवस्था अनुसार बीमा समितिले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्र लेखेको हो । 

कोरोना बीमा पोलिसी असार मसान्तमा समाप्त भएको थियो । सो अवधीसम्ममा १७ लाख ५८ हजार ३ सय ४३ वटा कोरोना बीमालेख जारी भएका छन् ।

सोमध्ये एक लाख ३५ हजार ७ सय ५४ वटा दावी परेको छ । सो संख्याको दावीबाट १३ अर्ब १४ करोड १७ लाख ३१ हजार ६ सय रुपैयाँ बराबरको भुक्तानी दायित्व सृजना भएको छ । सो दायित्वमध्ये हालसम्म ४ अर्ब ७८ करोड ८१ लाख ७१ हजार ५ सय ५२ रुपैयाँ दावी भुक्तानी भैसकेको छ । अब ९ अर्ब ६२ करोड रुपैयाँ दावी भुक्तानी हुन बाँकी छ ।


Share this with your friends: