काठमाण्डौ । नियामक निकाय बीमा समितिले बीमा व्यवसायको व्यापकताका लागि अध्ययन÷अनुसन्धानका सम्बन्धि प्रस्ताव आह्वान गरेको छ । समितिले नेपालको बीमा व्यवसायको समग्र अवस्थाको चित्रण र बीमा व्यवसायको व्यापकताका लागि चाल्नुपर्ने भावी कदमका सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्न आह्वान गरेको हो ।
समितिले यसका लागि बीमा क्षेत्रको अध्ययन÷अनुसन्धानमा क्रियाशील संस्था÷प्रतिष्ठानहरुबाट २१ दिनभित्र छुट्टा छुट्दै प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ ।
प्राविधिक प्रस्तावहरु सम्बन्धित संस्थाको प्रतिनिधिको उपस्थितीमा समितिको कार्यलयमा खोलिने समितिले जनाएको छ । प्राविधिक प्रस्तावहरु पेश गर्नेमध्ये बढीमा ३ उत्कृष्ठ प्रस्तावहरु छनोट गरी ती प्रस्तावका मात्र आर्थिक प्रस्ताव खोलिने समितिद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
फारम बुझाउने अन्तिम दिन भदौ १६ गते मध्यान्न १२ बजेसम्म रहेको भने सोहि दिन अपरान्ह २ बजे प्रस्ताव खोलिने छ ।