काठमाण्डौ । बीमा समितिले बीमा सर्भेयर तालिम सञ्चालन गर्ने भएको छ । समितिले एक सूचना जारी गर्दै बीमा सर्भेयर तालिम सञ्चालन गर्न लागेको जनाएको हो ।
समितिले सेर्भेयर तालिममा सहभागी हुन इच्छुक योग्य नेपाली नागरिकहरुलाई समितिको वेभसाइट www.nib.gov.np को एप्लिकेसन लिंकमा गई आवेदन फारम भर्न सक्ने जनाएको छ ।
यसरी फारम भरी आएकाहरुमध्ये २५ जनालाई first come first priority based मा अनलाइन सिस्टमबाट नै छनोट गरिनेछ ।
सर्भेयरको तालिम लिन चाहने सहभागीले कुनै बीमकको कार्यालयमा अधिकृतस्तरको पदमा कम्तीमा १० वर्षसम्म बीमा व्यवसायसँग सम्बन्धित कार्यको अनुभव हासिल गरेको हुनुपर्नेछ । वा, इन्जीनियरिङ विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्नेछ । वा, अन्तराष्ट्रियस्तरका चाटर्ड इन्स्योरेन्स इन्स्टिच्युट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धि बीमा सम्बन्धि विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको वा चाटर्ड अकाउन्टेन्सी परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ ।
इच्छुक आवेदकहरुले भदौ १४ गतेसम्म आवेदन दिनुपर्नेछ । सर्भेयरको आधारभुत तालिम कार्यक्रममा छनोट भएको मिति, स्थान र समयको जानकारी इमेल मार्फत गराइने समितिले जनाएको छ ।