काठमाण्डौ । बीमा समितिले सञ्चालन गर्न लागेको बीमा सर्भेयर तालिमका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । समितिले गत भदौ ८ गतेदेखि बीमा सर्भेयर तालिम लिन चाहनेहरुका लागि आवेदन माग गरेको थियो।
समितिले सेर्भेयर तालिममा सहभागी हुन इच्छुक योग्य नेपाली नागरिकहरुलाई समितिको वेभसाइट www.nib.gov.np को एप्लिकेसन लिंकमा गई आवेदन फारम भर्न सक्ने जनाएको छ ।
यसरी फारम भरी आएकाहरुमध्ये २५ जनालाई first come first priority based मा अनलाइन सिस्टमबाट नै छनोट गरिनेछ ।
सर्भेयरको तालिम लिन चाहने सहभागीले कुनै बीमकको कार्यालयमा अधिकृतस्तरको पदमा कम्तीमा १० वर्षसम्म बीमा व्यवसायसँग सम्बन्धित कार्यको अनुभव हासिल गरेको हुनुपर्नेछ । वा, इन्जीनियरिङ विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्नेछ । वा, अन्तराष्ट्रियस्तरका चाटर्ड इन्स्योरेन्स इन्स्टिच्युट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धि बीमा सम्बन्धि विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको वा चाटर्ड अकाउन्टेन्सी परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ ।
इच्छुक आवेदकहरुले आज कार्यालय समयसम्म आवेदन दिईसक्नुपर्नेछ । सर्भेयरको आधारभुत तालिम कार्यक्रममा छनोट भएको मिति, स्थान र समयको जानकारी इमेल मार्फत गराइने समितिले जनाएको छ ।