काठमाण्डौ । बीमा समितिद्वारा बीमा व्यवसायको व्यापकताको अध्ययन र अनुसन्धानका लागि गरिएको आह्वानमा प्रस्ताव पेस गर्ने म्याद दोस्रो पटक थप गरिएको छ । समितिले प्रस्ताव पेस गर्ने म्याद ७ दिन थप गरेको छ ।
समितिले नेपालको बीमा व्यवसायको समग्र अवस्थाको चित्रण र बीमा व्यवसायको व्यापकताका लागि चाल्नुपर्ने भावी कदमका सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्न पहिलोपटक गत साउन २८ गते प्रस्ताव आह्वान गरेको थियो । उक्त मितिभित्र प्रयाप्त प्रस्तावहरु प्राप्त नभएका कारण समितिले पुनःदोस्रो पटक असोज ८ गतेसम्म ७ दिनका लागि म्याद थप गरेको हो ।
प्राविधिक प्रस्तावहरु सम्बन्धित संस्थाको प्रतिनिधिको उपस्थितीमा समितिको कार्यलयमा खोलिने समितिले जनाएको छ । प्राविधिक प्रस्तावहरु पेश गर्नेमध्ये बढीमा ३ उत्कृष्ठ प्रस्तावहरु छनोट गरी ती प्रस्तावका मात्र आर्थिक प्रस्ताव खोलिने समितिद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
फारम बुझाउने अन्तिम दिन असोज ८ गते मध्यान्न १२ बजेसम्म रहेको भने सोहि दिन अपरान्ह २ बजे प्रस्ताव खोलिने छ ।