काठमाडौं । नियामक निकाय बीमा समितिले बीमा सम्बन्धि जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । समितिले आफ्नो आधिकारीक युट्युव च्यानलमार्फत वरिष्ठ कलाकार हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठद्वारा अभिनित बीमा सेचतना सम्बन्धी २ मिनेट लामो भिडियो सार्वजनिक गरेको हो ।
समितिद्वारा जारी गरिएको जनचेतनामूलक भिडियोमा जीवन र निर्जीवन बीमाको फाइदा उल्लेख गर्दै बीमा गर्न प्रोत्साहन गरिएको छ ।
यस्तै बीमा समितिले जीवन र सम्पत्ति बीमा सम्बन्धि सन्देश समेत आफ्नो युट्ब च्यालनमार्फत सार्वजनिक गरेको छ । यो सन्देश मैथली, भोजपुरी र नेपाली भाषामा सार्वजनिक गरिएको छ ।