काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपन्डोलस्थित जग्गामा नयाँ हुन लागेको भवनको आज शिलान्यास गरेका छन् ।
सोहि अवसरमा अर्थमन्त्री शर्मा र शहरी विकासमन्त्री रामकुमारी झाक्रीले संयुक्त रुपमा भवन शिलान्यास सम्बन्धि शिलापत्रको अनावरण गरे ।
समितिको १० रोपनी जग्गामा रु.४७ करोड ३७ लाखको लागतमा निर्माण हुने भवन भुकम्प प्रतिरोधि हुनुका साथै अपांगमैत्री हुनेछ । भवन सात तलाको हुनेछ र यसमा १२० जनासम्म हुनसक्ने अन्तराष्ट्रियस्तरको सेमिनार हल,४० जना क्षमताको छुट्टै बैठक कक्ष,बोर्ड कक्ष,करीब ८० वटा सवारी साधन पार्किङ गर्न मिल्ने अन्डरग्राउण्ड पार्किङ र ११२ जना क्षमताको चमेनागृह लगायतका सुविधाहरु उपलब्ध हुनेछन् । भवनको निर्माण कार्य निर्माण भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले मानव जीवन भौतिक सम्पत्ति एवम सरकारी र सर्वाजनिक पूर्वाधारमा रहेका जोखिमहरुको न्यूनिकरणमा बीमाको महत्वपूर्ण योगदान हुने भएकाले देशका दुरदराजका कृषक र विपन्न वर्गसम्म बीमा पहुँच पुग्ने बताए ।
अर्थमन्त्री शर्माले जनतालाई बीमा गर्न उत्साहित गर्नका लागि बीमा कम्पनीहरुको व्यवहार र क्रियाकलाप विश्वासयोगय हुनुपर्ने आवश्यकता औँल्याउँदै भने, बीमा व्यपार मात्रै होइन जोखिमको रक्षा बवच पनि हो । तसर्थ बीमा सेवा हो भनेर बीमा कम्पनीले बुझ्नुपर्यो । कृषि बालीको बीमा नगरी किसान अगाडी बढ्न सक्ने अवस्था छैन । सरकारले कृषि बीमामा ८० प्रतिशतको अनुदानको व्यवस्था गरेको छ । तर पनि त्यसतर्फ बीमा कम्पनीहरुको ध्यान प’न सकेको छैन ।’
उनले बीमाको दायरा बढाउने सरकारको लक्ष्य हासिल गर्नका लागि बीमा समिति र बीमा कधम्पनीहरुलाई ठोस योजना सहित गम्भिर भएर लाग्न निर्देशन दिए ।
अर्थमनत्री शर्माले कोरोना बीमाको बाँकी दाबी भुक्तानी सम्बन्धी समस्याको समाधानका लागि अर्थमन्त्रालयमा गम्भिर गृहकार्य भईरहेको र यससम्बन्धी समस्यालाई छिट्टै समाधान गरिने जानकारी दिए । उनले पुनर्बीमा सम्बन्धि निर्णयका बारेमा पनि मन्त्रालयमा गम्भिर छलफल भईरहेको बताए ।
समारोहमा शहरी विकासमन्त्री रामकुमारी झाक्रीले अर्थ समितिमा बीमा समिति र धितोपत्र बार्डसँग सम्बन्धित विधेयकहरु छलफलको अन्तिम चरणमा पुगेको र छिट्टै पास हुने अवस्था रहेका उल्लेख गर्दै एने, नियममार्फत नियामक निकायलाई सशक्त र अधिकार सम्पन्न बनाउनेतफ सम्बद्ध सबैको ध्यान जान जरुरी रहेको बताइन् ।
मन्त्री झाक्रीले बीमा समिति जस्ता नियमनकारी निकायहरुको कामलाई प्रभावकारी बनाउनका लागि सुविधा सम्पन्न भौतिक संरचनका साथै वातावरण आवश्यक पर्ने बताइन् ।
नेपाल राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीले दशेमा बीमाको दायरा क्रमिक रुपमा बढ्दै गएको उल्लेख गर्दै बाध्यात्मक किसिमले बीमा गर्नेभन्दा स्वतःफूर्त रुपमा बीमा गर्ने अवस्था सिर्जना हुनुपर्ने आवश्यकता औल्याए ।
बीमा समितिको अध्यक्ष सर्öप्रसाल सिलवालले चालु आर्थिक वर्षमा कुल जनसंख्याको ३३ प्रतिशतलाई बीमाको दायरामा ल्याउने सरकारको लक्ष्य हासिल गर्नका लागि तालिकाद्ध रुपले अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानी लाई सरल,सहज एवम छिटो छरितो बनाई जनता स्वयम बीमा गर्न उत्साहित हुने खालको वातावरण सिर्जना हुनुपर्ने भन्ने मान्यताका साथ समितिले यस वर्ष बीमा दाबी भुक्तानी वर्ष मनाउँदै आएको बताए ।
कार्यक्रमममा अर्थ मन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्कर, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, बीमा समितिका पूर्वअध्यक्ष, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक,बीमा कम्पनी र पुनर्बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत लगायतकाको उपस्थिती रहेको थियो ।