बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने

2022-01-17
बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिले आफुसँग भएको बैंक मौज्दात समितिको लगानी निती अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षपमा लगानी गर्नुपर्ने भएकाले इच्छुक बैंकहरुलाई सिलबन्दी बोलपत्र आवेदन पेस गर्न आह्वान गरेको हो । 
समितिले इच्छुक बैंकहरुलाई आफुले लिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी सात दिनभित्र दरभाउपत्र पेस गर्न आह्वान गरेको छ । 

इच्छुक बैंकहरुले आफुले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण,बिगत तीन वर्षदेखिको नाफा÷नोक्सान, बैंकको निष्क्रिय सम्पत्ति,बैंकको कर्जा/निक्षेप अुनुपात, स्थापना भएको वर्ष र पुँजी प्रयाप्तता कोष समेत पेस गर्नु पर्नेछ ।  


Share this with your friends: