बुद्धभुमि नेपाल हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि साउन ३२ देखि आईपीओ निष्कासन गर्ने

2021-08-08
बुद्धभुमि नेपाल हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि साउन ३२ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी साउन ३२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका वासिन्दाहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा भदौ १४ गते र ढिलोमा भदौ २९ गते बैंकिङ समयपछि हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गत साउन १४ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा र आम सर्वसाधारणका लागि गरी ञ्१२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको थियो । पहिलो चरण अन्तर्गतको आईपीओ निष्कासन गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि ८ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । 


Share this with your friends: