काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(भदौ १५ गते) अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको आईपीओको अन्तिम मिति आज(भदौ १४ गते) तय गरिएको थियो । तर हिजो सार्वजनिक बिदा परेकाले आईपीओमा आवेदन दिने समय एक दिन थपिएको हो ।
कम्पनीले गत साउन ३२ गतेदेखि आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका वासिन्दाहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीले आईपीओ निष्कासनका लागि गत साउन १४ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा र आम सर्वसाधारणका लागि गरी ञ्१२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको थियो । पहिलो चरण अन्तर्गतको आईपीओ निष्कासन गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि ८ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।