काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी असोज ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता म्युचुअल फन्डका लागि सुरक्षित राखि बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन बन्द छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गते बैंकिङ समयपछि हुनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत माघ ८ गते स्वीकृति प्राप्त गरेको थियो ।
जसअन्तर्गत पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि गत गत साउन २९ गतेदेखि भदौ ११ गतेसम्म ३५ लाख कित्ता सेयर आईपीओ निष्कासन गरिसकेको छ ।