बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2021-09-30
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(असोज १४ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ११ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको छ  ।

निष्कासन गरिएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता म्युचुअल फन्डका लागि सुरक्षित राखि बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत माघ ८ गते स्वीकृति प्राप्त गरेको थियो । 

जसअन्तर्गत पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि गत गत साउन २९ गतेदेखि भदौ ११ गतेसम्म ३५ लाख कित्ता सेयर आईपीओ निष्कासन गरिसकेको छ । 


Share this with your friends: