काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीले बाढीबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाका हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग प्रदान गरेको हो ।
गत असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतिका कारण त्यस क्षेत्रमा विद्युत आपूर्ती बन्द भएका कारण उज्यालोबाट वञ्चित विपदमा परेका हेलम्बु क्षेत्रका जनतालाई तत्काल राहत दिने उद्देश्यले ४८ थान सोलार प्यानल हेलम्वु गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। कम्पनीको एक टोली नै सिन्धुपाल्चोकको हेलम्बु नै पुगेर उक्त सहयोग प्रदान गरेको हो।