बेष्ट फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

2021-08-25
बेष्ट फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाण्डौ महानगरपालिका २२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ। 

फाइनान्सले सोही वडाको न्युरोड पिपलबोटस्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधबार उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो। नयाँ शाखा कार्यालयको उद्घाटन संस्थाको सञ्चालक समितिकी महिला सञ्चालक सुशिला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा गरे। 

कार्यक्रममा न्युरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्वपदाधिकारी एव स्थानीय जनप्रतिनीधिको उपस्थिति थियो।

नेपालका ४ वटा पुरानो फाइनान्स कम्पनीहरु मर्ज भई बनेको बेष्ट फाइनान्सले हाल १४ वटा शाखा कार्यालयमार्फत आफनो सेवा दिँदै आएको छ। संस्थाको प्रधान कार्यालय काठमाण्डौको कमलादीमा रहेको छ। 


Share this with your friends: