बेष्ट फाइनान्सको थतिचोक शाखा लगनखेल बसपार्कसँगै स्थानान्तरण

2022-01-11
बेष्ट फाइनान्सको थतिचोक शाखा लगनखेल बसपार्कसँगै स्थानान्तरण

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका–१२ थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँगै स्थानान्तरण गरी आइतबारबाट सञ्चालनमा आएको छ। 

नयाँ शाखा कार्यालयको सञ्चालक लक्ष्मी श्रेष्ठ र पूर्वसञ्चालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन्। कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायी एवं ग्राहकको उपस्थिति थियो। 

बेष्ट फाइनान्सले हाल १४ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा दिँदै आएको छ। फाइनान्सबाट डिजिटल बैंकिङ सेवालगायत सबै प्रकारका बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताइएको छ। 

नयाँ सेवाअन्तर्गत हालै फाइनान्सले अनलाइन खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ। जसबाट देश(विदेशमा रहेका नेपालीले अनलाइन खाता खोल्न सक्नेछन्।  


Share this with your friends: