काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आउँदै गरेको कुशेऔँसी (बुवाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आफूलाई मनपर्ने खाना तथा खाजा अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ।
उक्त योजनाअन्तर्गत ग्राहकले मनपर्ने खाना तथा खाजा अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ तथा कार्डका माध्यमबाट भुक्तानी गर्दा २५% वा रु. ५०० सम्मको नगद फिर्ता पाउने छन्। ग्राहकले नगद फिर्ता योजनामा सहभागी हुनका लागि अनलाइन अडरपश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाइल बैंकिङ्ग ९बीओके स्मार्ट० मार्फत क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत ई–कम (अनलाइन) कारोबार गर्नुपर्ने हुन्छ।
यो योजना आज भदौ २० गतेदेखि यही भदौ २४ गतेसम्म लागू हुनेछ। यस योजनामा सहभागीपश्चात् प्रयोगकर्ताबाट कारोबार भएको मूल्यको २५५ वा रु। ५०० सम्मको नगद फिर्ता कारोबार भएको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिने बैंकले जनाएको छ। ग्राहकले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटकसम्म प्रयोग गर्न सक्ने बैंकको भनाइ छ।
बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।