बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएल डाइग्नोस्टिकमा १०% छुट

2021-09-16
बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएल डाइग्नोस्टिकमा १०% छुट

काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले एसआरएल डाइग्नोस्टिक (नेपाल) प्रालिमा सेवा लिएबापत १० प्रतिशत छुट पाउने भएका छन्।

डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा आफ्ना ग्राहकलाई १०५ सम्म छुट उपलब्ध गराउने सम्बन्धमा बैंकले एसआरएल डाइग्नोस्टिकसँग सम्झौता गरेको हो। सम्झौतापश्चात बैंकका ग्राहकले एसआरएल डाइग्नोस्टिकले प्रदान गर्ने प्याथोलिजीसम्बन्धी स्वास्थ्य सेवाहरु उपभोगबापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १०५ सम्म छुट पाउनेछन्। 

एसआरएल डाइग्नोस्टिकले काण्ठमाण्डौ उपत्यकाको महाराजगन्जबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।  

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ८१ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। 


Share this with your friends: