बैंक अफ काठमाण्डूका ग्राहकलाई सन स्टार होटेलमा १०% छुट

2021-11-19
बैंक अफ काठमाण्डूका ग्राहकलाई सन स्टार होटेलमा १०% छुट

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले सन स्टार होटेलमा छुट पाउने भएका छन्। 

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई सन स्टार होटेलमा १०५ छुट उपलब्ध गराउने सम्झौता भएको हो। यस सम्झौतापश्चात बैंकका ग्राहकले सन स्टार होटेलमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १०५ छुट पाउनेछन्। उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। 

सन स्टार होटलले भैरहवाबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ।  

बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ८१ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। 


Share this with your friends: