बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

2021-02-09
बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आज(माघ २७ गते)देखि आफ्नो स्वामित्वमा रहेको दुई लघुवित्त कम्पनीको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको हो। 

बैंकले आरएमडिसी लघुवित्तको १ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तको ७ लाख कित्ता गरी कुल ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। लिलामी सेयरमा बैंक अफ काठमाण्डूका संस्थापक सेयरधनी तथा बैंक तथा वित्तीय संस्था संस्थाको सेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी वा संघ संस्थाले बोलपत्र आह्वान पेश गर्न सक्नेछन्। लगानीकर्ताले आउँदो चैत ०३ गते बैंकिङ समयसम्म बिओके क्यापिटल मार्केट लिमिटेड कमलादीमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिएर सूचना प्रकाशित गरी ३५ दिनको समय दिइएकाले संस्थापक सेयरधनीलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको बैंकले जनाएको छ। 

बैंकले आरएमडिसीको हकमा न्युनतम मूल्य प्रतिकित्ता ५२० रुपैयाँ र छिमेक लघुवित्तको हकमा भने ६ सय रुपैयाँ निर्धारण गरेको छ। लगानीकर्ताले न्युनतम १ सय कित्ताका लागि र अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले शिलबन्दी खाम बाहिर आफुले दिन चाहेको सम्बन्धित कम्पनीको नाम तथा संस्थापक सेयर खरिद आवेदन उल्लेख गरेको हुनुपर्नेछ। 

लगानीकर्ताले बिओके क्यापिटल मार्केट कमलादी काठमाण्डौ, बैंक अफ काठमाण्डूको शाखा कार्यालयहरु मेनरोड विराटनगर, भद्रपूर रोड बिर्तामोड,आर्दशनगर विरगंज, स्टेसनरोड जनकपूर मेनरोड हेटौडा,लायस विल्डीङ नारायणघाट, न्युरोड पोखरा, दुर्गा मन्दिर लाइन ट्राफिक चोक बुटवल, बाग्लुङ, नयाँ सडक घोराही,धम्बोजी, सुर्खेत रोड नेपालगंज,विरेन्द्रचोक सुर्खेत र मेनरोड चौरहा धनगढीबाट बोलपत्र आवेदन लिएर बुझाउन सक्नेछन्।     

 


Share this with your friends: