बोटलर्स नेपालद्वारा लाभांस भुक्तानी लिन आउन आग्रह

2021-07-06
बोटलर्स नेपालद्वारा लाभांस भुक्तानी लिन आउन आग्रह

काठमाण्डौ । बोटलर्स नेपाल(तराई) लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस भुक्तानी लिन आउन आग्रह गरेको छ । 

कम्पनीले वि.स २०७२ पुस २८ गते सम्पन्न २९ औँ वार्षिक साधारण सभाबाट पारित लाभांस लिन आउन आग्रह गरेको हो । उक्त लाभांस सम्बन्धित सेयरधनीहरुले वा सेयरधनीहरुको हकवालाहरुले पाचँ वर्ष पुगिसक्दा पनि हालसम्म लिन नआएकाले लिन आउन सूचना जारी गरेको छ । 

कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्सालमा आफ्नो सेयर प्रमाणपत्रका साथ परिचयपत्र लिई सूचना प्रकाशित भएको एक महिनाभित्र लाभांस रकम लिन आउन आग्रह गरेको छ । 

सो अवधिभित्र पनि लाभांस रकम लिन नआए उक्त भुक्तानी गर्न बाँकी रकमलाई कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापित लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । 

 


Share this with your friends: