मंसिरको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

2021-12-28
मंसिरको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

काठमाण्डौ। मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ। 

पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो। कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ। आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ।

ज्ञटद्दढठडघज्ञद्धडद्दछण्हद्दछण्द्यष्शकजबबि।नषज्ञटघठज्ञछण्द्दण्छद्दछण्(ह(द्दछण्।नषज्ञटद्धण्घघढछद्दठव्बलmबदजगmष्((ख्प्थ्ऋ(द्दछण्हद्दछण्।नष
जीवन बीमाको क्षेत्रमा नेपाल लाइफ देशकै नं १ कम्पनी हो। कम्पनीले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममार्फत ‘नेपालकै नं। १’ अभियान सार्वजनिक गरी तथ्यपरक प्रमाणहरु प्रस्तुत गर्दै एउटा अभियान नै सञ्चालन गर्यो। जुन अभियान ९क्याम्पियन० ले समेत बजारमा सकारात्मक प्रभाव पारेको छ। 

जीवन बीमाको विश्वसनीयता तथा जीवन बीमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुस ६ गतेदेखि ‘नेपालकै नं। १’ अभियान सार्वजनिक गरेको थियो। कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले अभियानमार्फत कम्पनीलाई यस उचाइसम्म पुर्याउन सकिएको जानकारी दिए।

हरेक सूचकको अब्बलतालाई कायम गर्दै नेपाल लाइफ अगाडि बढ्दै आएको छ। जसलाई कम्पनीको समग्र वित्तीय सूचकले समेत प्रस्ट पार्दछ। 

चालु २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु ११८।७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, रु ४०.५० अर्बको सर्वाधिक दाबी भुक्तानी, रु ७।१९ अर्बको सर्वाधिक चुक्तापुँजी रहेको छ। यसका साथै अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल साबित भएको कम्पनीले जनाएको छ।


Share this with your friends: