काठमाण्डौ । चन्द्रागिरी हिल्सले आउँदो मंसिर १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
आयोजना प्रभावि काठमाण्डौ जिल्लाअन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं। ३, ४, ६ र ७ ९साविक थानकोट गाविसकस सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गाविसका वडा नं। ३, ४, ५, ६, ७ र ८ मात्र० एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका वडा नं। ९ र १० ९साविक चित्लाङ गाविसका सम्पूर्ण वडाहरु० र इन्द्रसरोबर गाउँपालिका वडा नं। ५ ९साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु० मा स्थायी बसोबास गर्नेहरुले खरिद आवेदन दिन पाउने छन्।
आयोजना प्रभावित क्षेत्रका स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउने छन्।
यो आईपीओको निष्कासन बन्द छिटोमा पुस १ गते र ढिलोमा पुस १६ गते हुनेछ।
कम्पनीले गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो।
कम्पनीले दोस्रो चरणमा बाँकी १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।