काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको आज आइबार(मंसिर २१ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुजीको कुल २३.५० प्रतिशतले हुन आउने १९ करोड २२ लाख ६० हजार ८४६.९६ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो।
कुल २३.५० प्रतिशत लाभांसमध्ये १८ प्रतिशतले हुन आउने १४ करोड ७२ लाख ६३ हजार ६२७.४६ रुपैयाँबराबरको बोनस सेयर र ५.५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख ९७ हजार २१९.५० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरणको प्रस्ताव गरिएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने छ।