मनकामना स्मार्ट लघुवित्तको आईपीओ निष्कासन असार १७ देखि

2021-06-23
मनकामना स्मार्ट लघुवित्तको आईपीओ निष्कासन असार १७ देखि

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आगामी असार १७ गतेदेखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गर्न लागेको हो । 

संस्थाले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।जारी पूँजीको ०.५ प्रतिशत अर्थात कुल निष्कासनमध्ये ६ हजार ०५८ कित्ता कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित राखि बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारण का लागि जारी गरिनेछ । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गते बैंकिङ समयपछि हुनेछ। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। 

आईपीओ निष्कासनका लागि संस्थाले नेपाल धितोपत्र बोर्डबाट गत असार ६ गते अनुमति प्राप्त गरेको थियो । 


Share this with your friends: