काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(असार २१ गते) अन्तिम दिन रहेको छ । संस्थाले गत असार १७ गतेदेखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको थियो ।
संस्थाले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।जारी पूँजीको ०.५ प्रतिशत अर्थात कुल निष्कासनमध्ये ६ हजार ०५८ कित्ता कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित राखि बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारण का लागि जारी गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
आईपीओ निष्कासनका लागि संस्थाले नेपाल धितोपत्र बोर्डबाट गत असार ६ गते अनुमति प्राप्त गरेको थियो ।