काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले चौथौ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस १९ गते सोमबारका दिन दिउँसो २ बजे रुपन्देहीमा रहेको होटल पौवामा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १७ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तहरु गाभ्नेरगाभिने तथा प्राप्ति प्रयोजनका लागि उपयुक्त लघुवित्त पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाइ पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्तिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यसैगरी सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि संस्थाले आगामी पुस ४ गतेदेखि १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुन योग्य हुनेछन् ।