मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य समायोजन

2021-12-19
मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १३३३.३३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १५६० रुपैयाँ कायम थियो । 

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ का लागि १७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस संस्थाको आगामी पुस १९ गते आयोजना हुने चौथौ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: