मनकामना स्मार्ट लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम तिर्न सेयरधनीहरुलाई आग्रह

2022-03-31
मनकामना स्मार्ट लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम तिर्न सेयरधनीहरुलाई आग्रह

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत पुस १९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७.७८ का लागि पारित १७ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर भुक्तानी गर्न संस्थाले सेयरधनीहरुलाई आग्रह गरेको हो । संस्थाले साविकको स्मार्ट लघुवित्त र मनकामना लघुवित्त मर्ज भई मनकामना स्मार्ट लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु २०७७ साउन ११ गतेपश्चात सेयर खरिद गरेका वा आईपीओ बाँडफाँडमा वरी हालसम्म सो सेयर कायम रहेका सेयरधनीहरुलाई बोनस सेयरबापत लाग्ने कर तिर्न आग्रह गरेको हो ।

कम्पनीले करबापतको रकम जम्मा गरेपश्चात मात्रै बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने भएकाले बोनस सेयरबापतको रकम उल्लेखित विवरण अनुसारको बैंक(एनएमबी बैंक) खातामा जम्मा गरी चौचर संस्थाको इमेल ठेगानामा पठाउन सकिने संस्थाले जनाएको छ । यसरी रकम जम्मा गर्दा अनिवार्य रुपमा डिम्याट खाता खुलाउन पर्नेछ ।   


Share this with your friends: