काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको छ । राष्ट्र बैंकले फागुन ५ गते यी दुवै संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको हो ।
वोमी लघुवित्त र सूर्योदय लघुवित्तले आपसमा मर्जरमा जाने सम्बन्धमा गत भदौ १५ गते सम्झौता गरेका थिए। दुवैको मर्जरपछि एकीकृत संस्थाको नाम सूर्यादय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड हुनेछ।
मर्जरमा जाने सम्झौता पत्रमा यी दुवै लघुवित्तले गत भदौ १५ गते हस्ताक्षर गरेका थिए ।